प्रचण्डको सरकारमा नारायणकाजी उपप्रधानमन्त्री बन्ने
काठमाडौं: माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ नयाँ गठन भएको पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्त्वको सरकारमा मन्त्री बन्ने भएका छन्। आज बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले श्रेष्ठको नाम सिफारिस गरेको हो।
उक्त सिफारिस अब केही बेरमा बस्ने एमाले-माओवादीसहितका दलको गठबन्धनको बैठकमा पेश गरिनेछ। श्रेष्ठलाई उपप्रधानमन्त्रीको हैसियतमा सरकारमा सहभागी गराउने माओवादीले निर्णय गरेको छ।
यता सरकारमा एमालेका तर्फबाट विष्णु पौडेल उपप्रधानसहित गृहमन्त्रीको हैसियतमा जाने चर्चा पनि भइरहेको छ। गठबन्धनको बैठक संघीय संसद् भवन नयाँबानेश्वरमा बस्नेछ।
नवगठित सरकारमा माओवादीले करिब ६ वटा मन्त्रालय पाउने भएको छ।
पुष ११, २०७९ सोमबार १०:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।