आर्क्टिक फ्रिज आँधीका कारण अमेरिका र क्यानाडामा ३८ जनाको मृत्यु

आर्क्टिक फ्रिज आँधीका कारण अमेरिका र क्यानाडामा ३८ जनाको मृत्यु

एजेन्सी: अमेरिका र क्यानाडामा हाल आर्क्टिक फ्रिज आँधीले विध्वंश मच्चाएको छ। हालसम्म दुई देशमा करिब ३८ जनाको मृत्यु भइसकेको छ।

अधिकारीहरूका अनुसार अमेरिकामा मात्रै ३४ जना र क्यानाडामा चार जनाको ज्यान गएको हो। न्युयोर्कको बफेलो शहर सर्वाधिक प्रकोप पीडित शहर बनेको छ।

यस्तै क्यानाडाको मेरिट शहरमा हिउँ जमेको सडकमा बस पल्टिँदा चार जनाको ज्यान गएको हो। हिम आँधीले केही दिनयता विध्वंश मच्चाउँदा बेला-बेला विद्युत् समेत ठप्प हुने गरेको छ।

हजारौँ उडानहरू प्रभावित समेत भएको छ। क्रिसमसमा आफ्ना आफन्तकोमा जाने योजना बनाएका धेरैलाई आँधीले रोकिदिएको छ।

करिब पाँच करोडभन्दा बढी अमेरिकीहरू आइतबार सतर्कता अपनाएर बसेका थिए।

न्युयोर्कका गभर्नर केथी होचुलले यो आँधी बफेलोको इतिहासकै विनाशकारी भएको बताएका छन्। यस्तो 'बम चक्रवात' आँधी वायुमण्डलीय चाप घट्दा, भीषण हिउँ र हावाको कारणले हुन्छ।

पुष ११, २०७९ सोमबार ०९:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।