कसलाई मन्त्री बनाउने भन्ने विषयमा छलफल गर्न माओवादीको पदाधिकारी बैठक बस्दै

कसलाई मन्त्री बनाउने भन्ने विषयमा छलफल गर्न माओवादीको पदाधिकारी बैठक बस्दै

काठमाडौं: माओवादी केन्द्रको पार्टी पदाधिकारी बैठक बस्ने भएको छ। आज बिहान ८ बजेलाई बैठक बोलाइएको छ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्रीमा नियुक्त भएसँगै माओवादीले पदाधिकारी बैठक बोलाएको हो। बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ।

विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल हुने बताइएको छ। यस्तै सरकारमा क-कसलाई मन्त्री बनाएर पठाउनेबारे पनि पार्टीभित्र छलफल हुनेछ। स्रोतका अनुसार माओवादीले करिब ६ वटा मन्त्रालय पाउने भएको छ।

यस्तै आजै बिहान ११ बजे एमालेसहित प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका दलहरूको गठबन्धनको समेत बैठक बस्दैछ। उक्त बैठक संघीय संसद् भवन नयाँबानेश्वरमा बस्नेछ।

पुष ११, २०७९ सोमबार ०७:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।