‘फेसियल हाउस’ ले मनायो १५ औं वार्षिकोत्सव, ७७ जिल्लामा शाखा विस्तार गर्ने योजना
काठमाडौं। काठमाडौं मलमा अवस्थित ‘फेसियल हाउस एन्ड ब्यूटी सैलुन’ ले आज आफ्नो पन्ध्रौ वार्षिकोत्सव मनाएको छ। नेपालको नम्बर १ हेयर एन्ड ब्यूटी सैलुनको रुपमा दाबी गर्ने फेसियल हाउसको १५ वटा केक काटेर जन्मदिन मनाइएकाे हो।
कार्यक्रममा फेसियल हाउसमा काम गर्ने विभिन्न कर्मचारीहरुलाई विभिन्न विधामा अवार्ड समेत प्रदान गरिएको थियो। यस्तै, फेसियल हाउसले आफ्नो वार्षिकोत्सवको अवसरमा पौष महिनाभरी भारी छुट दिएको समेत जानकारी हाउसकी प्रमुख सुष्मा महराले जानकारी दिइन्।
१५ वर्ष अगाडि काठमाडौं मलमा स्थापना भएको फेसियल हाउसको शाखा धनगढी, सुर्खेत र पोखरामा पनि संचालनमा छ। सुष्माले हाउसको शाखा ७७ वटै जिल्लामा विस्तार गर्ने योजना पनि रहेको सुनाइन्।
तर, देशको वर्तमान आर्थिक अवस्थाका कारण पनि व्यापार व्यवसायमा केही नैराश्यता आएको स्वीकार गर्दै उनले आफूले कहिले पनि हिम्मत नहार्ने प्रतिबद्धता व्यक्त गरिन ।
नेपाली चलचित्र तथा मनोरञ्जन क्षेत्रका थुप्रै कलाकारहरूको समेत रोजाइको पहिलो गन्तव्य बनेको फेसियल हाउसको वार्षिकोत्सवमा विभिन्न गायक–गायिकाले गीत समेत गाएर मनोरञ्जन दिएका थिए।
पुष १०, २०७९ आइतबार २०:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।