प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष दाबी पेस गरे प्रचण्डले
काठमाडाैं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री बन्नका लागि राष्ट्रपतिसमक्ष दाबी पेस गरेका छन्। नयाँ गठबन्धनपछि दाबी पेश गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेता राष्ट्रपति भवन शीतल निवास पुगेका थिए।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्रीका लागि नेपालको संविधानअनुसार आज साँझसम्मको समयसीमा तोकी दाबी पेश गर्न राजनीतिक दलहरूलाई आह्वान गरेकाे थिइन्। एमाले अध्यक्ष ओलीको निवास बालकोटमा आज भएको दलहरुको सहमतिअनुरुप ओलीसहितका विभिन्न पार्टीका शीर्ष नेता राष्ट्रपति निवास पुगेका हुन्।
नयाँ सरकार गठनकाे दाबी पेस गर्न एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जसपाका अध्यक्ष उपेन्द्र यादव, नागरिक जनमुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायतका नेता शितल निवास पुगेका छन्।
पुष १०, २०७९ आइतबार १७:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।