प्रचण्ड पहिले प्रधानमन्त्री बन्ने भएपछि राष्ट्रपति एमालेकाे भागमा

प्रचण्ड पहिले प्रधानमन्त्री बन्ने भएपछि राष्ट्रपति एमालेकाे भागमा
तस्बिरः बालकाेट फेसबुक पेज

काठमाडौं। नयाँ गठबन्धनसँगै बहुमत दलहरूको सहमतिसहित प्रचण्ड पहिले प्रधानमन्त्री बन्ने भएपछि राष्ट्रपति पद भने एमालेकाे भागमा परेकाे छ। त्यसैगरि, स्राेतका अनुसार प्रधानमन्त्री जस्तै सभामुखमा पनि आलोपालो कार्यकाल विभाजन गरिने प्रारम्भिक सहमति भएकाे छ।

प्रचण्ड पहिले प्रधानमन्त्री बन्ने भएपछि सभामुख पनि पहिले एमाले कै हुने सहमति भएकाे स्राेतले जनाएकाे छ। सहमति अनुसार प्रधानमन्त्रीमा दाबी गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति निवास पुगेका छन्।

नयाँ गठबन्धनसँगै अन्य दलहरूको सहमति लिएर एमालेका अध्यक्ष केपी ओलीको साथमा प्रचण्ड शीतल निवास पुगेका हुन्। बालकोट बैठकमा एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी गरि ७ दलको गठबन्धन भएको छ।

यस गठबन्धनकाे सहमति अनुसार दाहाल आधा कार्यकाल (साढे २ वर्ष) का लागि प्रधानमन्त्री रहने छन्। यसपछि प्रधानमन्त्री एमालेकाे भागमा जानेछ।

 

पुष १०, २०७९ आइतबार १७:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।