नयाँ गठबन्धनपछि ओली र प्रचण्डले गरे बालकाेटकाे बार्दलीबाट अभिवादन
काठमाडौं। नेपाली कांग्रेससँगकाे गठबन्धन ताेड्दै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग नयाँ सहमती गरेका छन्। नेकपा एमालेका अध्यक्ष केपी ओलीको निवास बालकोटमा भएकाे गठबन्धन र सहमतिपछि ओली र प्रचण्डले बालकाेटकाे बार्दलीबाट सँगै अभिवादन गरे।
बालकोटमा सरकार गठनबारे भएकाे छलफलमा नेकपा माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति भएको छ। आइतबार बसेको बैठकले दाहाललाई आधा कार्यकाल (साढे २ वर्ष) का लागि प्रधानमन्त्रीको रुपमा अघि सारेको हो। यसपछि प्रधानमन्त्रीको कुर्सी एमालेको भागमा पर्नेछ।
नेपाली कांग्रेससँग सहकार्य नभएपछि गठबन्धन तोड्दै प्रचण्ड बालकोट पुगेका थिए। बालकोट बैठकमा नेकपा एमाले अध्यक्ष ओलीसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनता समाजवादी पार्टीका नेताहरु सहभागी थिए।
पुष १०, २०७९ आइतबार १६:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।