देश के हो? व्यापार हो? खेल हो? - बालेन शाह

देश के हो? व्यापार हो? खेल हो? - बालेन शाह

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ सरकार बनाउनकाे लागि भएकाे जाेडघटाउ राजनीतिक खेल र गठबन्धनकाे भागबन्डा देखेर सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्।

नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्बिरसँगै ओली निवास बालकोटमा भएको दलहरुको बैठककाे तस्बिर पनि राखेर उनले लेखेका छन्, ‘हिजो एउटा कविता लेखेको थिए। आज लेख्दिन। देश के हो? व्यापार हो? खेल हो? ’

हिजो (शनिबार) पनि हालकाे राजनीतिक अवस्था देखेर बालेनले फेसबुकमा एउटा छाेटाे कविता लेखेका थिए,

‘नयाँ सांसदहरु, नयाँ गफाडीहरु,

उही पुरानो देश, उही पुराना व्यापारीहरु।’

पुष १०, २०७९ आइतबार १६:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।