साढे २ वर्ष प्रचण्ड प्रधानमन्त्री बन्ने , यसपछि एमालेकाे पालाे
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी ओलीको निवास बालकोटमा सरकार गठनबारे भइरहेको छलफलमा नेकपा माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति भएकाे छ।
बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनका अनुसार आइतबार बसेको बैठकले दाहाललाई आधा कार्यकाल (साढे २ वर्ष) का लागि प्रधानमन्त्रीको रुपमा अघि सारेको हो। यसपछि प्रधानमन्त्रीकाे कुर्सी एमालेकाे भागमा पर्नेछ।
नेपाली कांग्रेससँग सहकार्य नभएपछि गठबन्धन ताेड्दै प्रचण्ड बालकाेट पुगेका थिए। बालकोट बैठकमा नेकपा एमाले अध्यक्ष ओलीसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनता समाजवादी पार्टीका नेताहरु सहभागी थिए।
पुष १०, २०७९ आइतबार १६:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।