विश्वकपकाे फाइनल र नेपाली राजनीतिको खेल उस्तै रोमाञ्चकः बाबुराम भट्टराई
काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले विश्वकपकाे फाइनल खेल र नेपाली राजनीतिको खेल उस्तै रोमाञ्चक रहेको टिप्पणी गरेका छन्। आइतबार सरकार गठनका लागि अन्तिम दिनकाे कसरत चलिरहँदा उनले सामाजिक सञ्जालमा यस्ताे लेखेका हुन्।
‘हालै सन्पन्न वर्ल्डकप फुटवलको फाइनल र नेपाली राजनीतिको खेल आज ‘टाइब्रेकर’ सम्मै उस्तै रोमान्चक हुन लागेको हो?’ उनले प्रश्न गरेका छन्।
सरकार बनाउन नयाँ गठबन्धनका लागि हाल बालुवाटारमा कुराे नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनता समाजवादी पार्टीका नेताहरुबीच छलफल जारी छ। सरकार गठनबारे भइरहेको छलफलमा जनमत पार्टीका अध्यक्ष सिके राउत पनि मिसिएका छन्।
पुष १०, २०७९ आइतबार १५:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।