सिके राउन पनि पुगे बालकाेट, नयाँ गठबन्धन बन्ने संकेत
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी ओलीको निवास बालकोटमा सरकार गठनबारे भइरहेको छलफलमा जनमत पार्टीका अध्यक्ष सिके राउत पनि मिसिएका छन्।
यसअघि नै बालकोट बैठकमा नेकपा एमाले अध्यक्ष ओलीसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनता समाजवादी पार्टीका नेताहरु सहभागी छन्।
जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोकुमार राईले बालकोट बैठकमा सहभागी दलकै गठबन्धन बन्ने सम्भावना भएको संकेत गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासबाट छलफल गरेर फर्कंदै नेता राईले नयाँ गठबन्धन बन्ने दखिएको जानकारी दिएका हुन्।
उनका अनुसार अहिले सरकार बन्नको लागि दुई वटा विकल्प छ। एउटा एमाले र कांग्रेस मिलेर सरकार बनाउने हो। अर्को भनेको एमाले र माओवादीसहितका दलहरु मिलेर सरकार बनाउने रहेकाे छ।
पुष १०, २०७९ आइतबार १५:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।