एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतकाे नयाँ गठबन्धन बन्ने देखियाेः जसपा नेता अशाेक राई
काठमाडौं। जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोकुमार राईले बालकोट बैठकमा सहभागी दलकै गठबन्धन बन्ने सम्भावना भएको बताएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासबाट छलफल गरेर फर्कंदै नेता राईले नयाँ गठबन्धन बन्ने दखिएकाे जानकारी दिएका हुन्।
उनले भने, ‘अहिले सरकार बन्नकाे लागि दुई वटा विकल्प छ। एउटा एमाले र कांग्रेस मिलेर सरकार बनाउने हाे। अर्काे भनेकाे एमाले र माओवादीसहितका दलहरु मिलेर सरकार बनाउने।’
राईले आफू भने पार्टीमा छलफल गर्न हिंडेको बताए। बालकोट बैठकमा नेकपा एमाले अध्यक्ष ओलीसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनता समाजवादी पार्टीका नेताहरु सहभागी छन्।
पुष १०, २०७९ आइतबार १५:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।