बालुवाटारमा सहमति नजुटेपछि बालकोटमा चार दल, सहमति भए १४४ सहितको सरकार

बालुवाटारमा सहमति नजुटेपछि बालकोटमा चार दल, सहमति भए १४४ सहितको सरकार

काठमाडौं : नेपाली कांग्रेससँग सहमती नजुटेपछि गठबन्धनको औचित्य छैन भन्दै माओवादी केन्द्र एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेसँगै नयाँ समिकरणमा छलफल शुरु भएको छ।

बालकोटमा एमाले(७८), माओवादी(३२), राष्ट्रिय स्वतन्त्र पार्टी(२०) र राष्ट्रिय प्रजातन्त्र पार्टी(१४) बिच सरकार बनाउने बारे छलफल भइरहेको छ।

बैठकमा ओलीसहितका एमाले नेताहरूसँगै माओवादीका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, रास्वपाका सभापति रवि लामिछाने र महामन्त्री मुकुल ढकाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, रास्वपाका जसपा नेता अशोक राई छन्।

यी दलबिच सहमति भए सरकार बनाउन बहुमत पुग्नेछ। रास्वपाले एमालेलाई साथ दिए कांग्रेस प्रतिपक्षमा जानेछ। माओवादी वा रास्वपा वा राप्रपा नभई कांग्रेसलाई सरकार बनाउन चाहिने १३८ पुग्दैन। 

पुष १०, २०७९ आइतबार १४:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।