गठबन्धन टुटेको घोषणा गर्दै प्रचण्ड एमालेसँग छलफलमा

गठबन्धन टुटेको घोषणा गर्दै प्रचण्ड एमालेसँग छलफलमा

काठमाडौं : गठबन्धनबाट पहिलो पटक को प्रधानमन्त्री बन्ने र राष्ट्रपति कुन दलले पाउने भन्नेमा सहमति नभएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गठबन्धनबाट बाहिरिको घोषणा गर्दै एमालेसँग छलफलमा गएका छन्।

पहिलो २ वर्षको प्रधानमन्त्रीबारे कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीचको छलफल निष्कर्षमा पुग्न सकेन।

पहिलो २ वर्ष जसले सरकारको नेतृत्व गर्छ उसैको राष्ट्रपति हुनुपर्ने र पहिलो २ वर्ष आफूले नेतृत्व गर्ने कांग्रेसको दाबी आएपछि प्रचण्ड रिसाएर गठबन्धनबाट बाहिरिएको बताएको बैठकबारे जानकार एक कांग्रेस नेताले बताए।

'प्रचण्ड गठबन्धन यहीं बिसाए भन्दै बाहिरिनु भयो। अब गठबन्धन भन्नुको अर्थ नहोला,' ती नेताले भने' अब सरकारको निर्णय एमालेको हातमा पुग्यो।' एमालेले सरकार बनाउन माओवादी र कांग्रेस दुबैसँग छलफल जारी राखेको छ।

शनिबारसम्म एमाले राष्ट्रपति पद जसले दिन्छ उसैसँग गठबन्धन गर्ने पक्षमा देखिएको छ।

पुष १०, २०७९ आइतबार १४:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।