आज 'क्रिसमस डे'
काठमाडौं: इसाई धर्मावलम्लीहरूले आज ‘क्रिसमस डे’ मनाउँदै छन्। इसाईहरूको महान् चाड समेत रहेको क्रिसमस नेपालमा पनि मनाउने गरिन्छ।
उज्यालो बत्ती, उपहार र उल्लासका साथ मनाइने यो चाडका अवसरमा नेपालमा सार्वजनिक बिदा दिइएको छ।
क्रिसमस अङ्ग्रेजी क्यालेण्डरको डिसेम्बर २५ मा मनाइन्छ। यो दिनलाई इसाई धर्मावलम्बीहरूले आफ्नो देउता यशु क्रिष्टको जन्मदिनको रूपमा मनाउछन्। यशुलाई जिजस क्राइष्ट भनिन्छ।
आज चर्चहरूमा गई प्रार्थना गर्ने, पवित्र धर्मग्रन्थ बाइबलको शिक्षा मनन् गर्ने, शुभकामना साटासाट गर्ने गरिन्छ।
पुष १०, २०७९ आइतबार ०७:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।