अर्डर गरेको तीस वर्षपछि मात्र खान पाइने परिकार

अर्डर गरेको तीस वर्षपछि मात्र खान पाइने परिकार

काठमाडौं : अर्डर गरेको खानेकुरा आउन ३० वर्ष कुनुपर्छ। सुन्दा अलि अपत्यारिलो र अनौठो लाग्नसक्छ। तर यो वास्तविकता हो।

जापानस्थित एउटा परिवारले एक विशेष खानेकुरा तयार गर्दछ। संसारभर निकै लोकप्रिय रहेको सो खानेकुराको उत्पादन निकै कम र माग अत्यधिक भएका कारण अर्डर गरेको खानेकुरा प्राप्त हुनकै लागि ३० वर्ष लाग्दछ।

शिगेरु निट्टा आशिया परिवारको तेश्रो पुस्ताका सदस्य हुन्। उनले अहिले उक्त परिकारको व्यवसाय सम्हालिरहेका छन्।

सिएनएनसँगको कुराकानीमा उनले ‘एक्स्ट्रिम क्रोक्वीट्स’ नामक खानेकुरालाई प्रतिगोटा करीब २५० रूपैयाँ र त्यसको मांशाहारी आइटमलाई प्रतिगोटा ३ सय रूपैयाँमा बेच्ने गरेको बताएका छन्।

यो परिकारलाई अझै स्वादिष्ट तथा सस्तो बनाउने कोसिस गरिरहेको उनले बताएका छन्।

सन् २०१६ देखि शिगेरुले खानेकुरा अर्डर गरेर पर्खाइमा रहेका मानिसहरूको सूची थप्न बन्द गरेका थिए।

किनकी त्यसबेला नै अर्डर गरेको खानेकुरा ग्राहकसामु पुर्याउनका लागि १४ वर्ष लाग्ने भएको थियो। सन् २०१७ मा आशिया पुनः एकपटक खुल्यो, तर त्यसबेला उक्त विशेष परिकारको मूल्य भने बढाइएको थियो।

शिगेरुका अनुसार हरेक हप्ता १४ सय वटा क्रोक्वेट्स उत्पादन गरिन्छ। त्यसैले आजको दिनमा यदि कसैले क्रोक्वेट्स अर्डर गर्यो भने त्यसको डेलिभरी हुनका लागि कम्तिमा पनि ३० वर्षसम्म पर्खनुपर्दछ।

यो परिकार बनाउनका लागि ३ वर्ष पूरानो ए ५ श्रेणीको फिमेल कोव वीफको प्रयोग गरिन्छ। आलु पनि एक स्थानीय फर्मबाट खरीद गरिन्छ। यो वर्षको सुरुवातमा जापानकी एक महिलाले एक ट्वीट गर्दै आफुले अर्डर गरेको ९ वर्षमा क्रोक्वेट्स प्राप्त गरेको खुलासा गरेकी छिन्।

उनले सन् २०१३ को डिसेम्बर ८ मा अर्डर गरेको उक्त परिकार सन् २०२२ को सुरुवातमा मात्र डेलिभर भएको बताउँछिन्। यसबीचमा उनी टोक्योमा गएर बस्न थालेको र २ पटक बिहे गरिसकेको उनले बताएकी छन्।

पुष ९, २०७९ शनिबार १८:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।