जानकी मन्दिरमा पूर्वराजाको विशेष पूजापाठ, रातो कार्पेट बिच्छ्याएर स्वागत

जानकी मन्दिरमा पूर्वराजाको विशेष पूजापाठ, रातो कार्पेट बिच्छ्याएर स्वागत

जनकपुरधाम : पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन्।

शुक्रबार दिउँसो जनकपुर आएका उनले शनिबार दिउँसो त्यहाँ पूजापाठ गरेका हुन्। जानकी मन्दिरमा पूर्वराजालाई स्वागतका लागि रातो कार्पेट ओछ्याइएको थियो।

मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले पूर्वराजालाई मायाको चिनो प्रदान गरेका थिए।

पूजापाठपछि पूर्वराजा यात्री निवास गएका थिए। शुक्रबार दिउँसो यहाँ आइपुगेका उनी साँझ गङ्गा सागरमा दैनिक आयोजना हुने महागङ्गा आरतीमा सहभागी भएका थिए।

पूर्वराजासँगै पूर्वरानी कोमल शाह र छोरी पनि थिए।

पुष ९, २०७९ शनिबार १७:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।