भृकुटीमण्डपमै नेपथ्यको टिकट, गेटैमा आश्रमको स्टल

भृकुटीमण्डपमै नेपथ्यको टिकट, गेटैमा आश्रमको स्टल

काठमाडौं : पुस १६ गते भृकुटीमण्डपमा हुने मानवताका लागि संगीत (नेपथ्य लाइभ कन्सर्ट)को टिकट भृकुटीमण्डपमै पाइने भएको छ।

टाढा–टाढाबाट टिकट लिन आउनुपर्ने असहज अवस्थालाई मध्यनजर गर्दै कार्यक्रम हुने स्थल भृकुटीमण्डपमै टिकट उपलब्ध हुने गरी गेटमै स्टल राखिएको आयोजक मानवसेवा आश्रमका सचिव तथा प्रवक्ता सुमन वर्तौलाले जानकारी दिए।

आश्रमले मानवताका लागि संगीत भन्ने नाराका साथ गएको मंसिर १६ गतेदेखि पुस १६ गतेसम्म महिनाव्यापी संगीत टुर गरिरहेको छ। आज बुटबलमा र १२ गते पोखराको कार्यक्रम सकेर नेपथ्यको ७० जनाको विशाल टोली यही १६ गते काठमाडौं आइपुग्नेछ।

गएको मंसिर १६ गते विराटनगरबाट शुरु भई पुस १६ गते काठमाडौंमा आएर समापन हुने उक्त संगीत यात्राले यसपाली मानवता प्रवर्द्धनमा ठूलो टेवा पुर्याउने विश्वास गरिएको छ।

मानवसेवा आश्रममा आश्रित व्यक्तिहरुका लागि खाना, नाना र छानामा सहयोग जुटाउनुका साथै आश्रमका देशैभरका निर्माणाधीन भवन सम्पन्न गर्न तथा आश्रमको अक्षयकोष निर्माणका लागि सहयोग जुटाउन चर्तिन नेपथ्य व्याण्डसँगको सहकार्यमा आश्रमले उक्त कार्यक्रम गर्न लागेको हो।

पुष ९, २०७९ शनिबार १६:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।