नेपाल टी–२० : लुम्बिनी अलस्टारको विजयी सुरूवात, फारवेस्ट ६७ रनले पराजित
काठमाडौं : शनिबारबाट सुरू भएको नेपाल टी–२० लिगमा लुम्बिनी अलस्टारले विजयी सुरूवात गरेको छ।
शनिबारको दोस्रो खेलमा १५३ रनको लक्ष्य पछ्याएको फारवेस्ट युनाइटेडलाई ६७ रनले पराजित गर्दै लुम्बिनीले विजयी भएको हो।
फारवेस्ट १६.२ ओभरमा सबै विकेट गुमाएर ८५ रनमा समेटियो। उसका लागि हस्मतुल्लाह शाहिदीले सर्वाधिक ३५ र विनोद भण्डारीले १३ रन बनाउनबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
लुम्निबीका दीपेन्द्रसिंह ऐरीले तीन, सागर ढकालले दुई तथा विपुल शर्मा, किशोर महतो र प्याट ब्राउनले समान एक–एक विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाएको थियो। उसका लागि लाहिरु मिलन्थाले ६०, दीपेन्द्रसिंह ऐरीले ३५, गुल्सन झाले २५ र विपुल शर्माले १२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।
फारवेस्टका करण केसी र उमैर अलीले समान तीन–तीन विकेट लिए।
यसअघि आजै भएको पहिलो खेलमा काठमाडौं नाइट्सले पोखरा एभेन्जर्सलाई २६ रनले पराजित गरेको थियो।
पुष ९, २०७९ शनिबार १६:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।