झुटो विवरण पेश गरी नागरिकता र राहदानी म्यानमारी नागरिक पक्राउ
काठमाडौं : झुटो विवरण पेश गरी नागरिकता र राहदानी लिएर दुरूपयोग गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाही त्रिभुवननगर गाविस–१ का ३९ वर्षीय मोहमद नुर आलम रहेका छन्। उनलाई बिहीबार प्रहरीले पक्रेको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१४ कलंकी खसीबजारबाट पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानको क्रममा आलमले सन् २०१२ मा म्यानमारबाट बंगलादेश हुँदै नेपाल आई सर्लाहीस्थित साविक त्रिभुवननगर गाविस–१ मा बसि मदरसामा पढाउँदै आएका थिए।
म्यानमारका नागरिक आलमले झुठा विवरण पेश गरी नेपाली नगरिकता लिएको र सोही नागरिकताको आधारबाट राहदानी विभाग काठमाडौंबाट राहदानी समेत प्राप्त गरेको खुल्न आएको छ।
उनलाई लिखत सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ।
पुष ९, २०७९ शनिबार १६:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।