सरकारले भन्यो– ‘कोरोनाको नयाँ भेरियन्ट भेटिएको छैन तर पनि बुस्टर डोज लगाउनुस्’

सरकारले भन्यो– ‘कोरोनाको नयाँ भेरियन्ट भेटिएको छैन तर पनि बुस्टर डोज लगाउनुस्’

काठमाडौं : सरकारले कोरोनाको बुस्टर डोज लगाउन बाँकी रहेकालाई खोप लगाउन अपिल गरेको छ।

कोरोना भाइरसको नयाँ भेरियन्ट बीएस७ को संक्रमण तीव्र रूपमा फैलिएसँगै शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति निकालेर बुस्टर डोज नलगाएकाहरूलाई खोप लगाउन अपिल गरेको हो।

सार्वजनिक विज्ञप्तिमा नयाँ भेरियन्टको जोखिम कायमै रहे पनि अहिलेसम्म नेपालमा पुष्टि नभइसकेको जनाइएको छ।

भारत र चीनमा नयाँ भेरियन्टको संक्रमण तीव्र रूपमा फैलिरहेको अवस्थामा सीमानाबाट आवतजावत गर्दा सजग हुनसमेत सरकारले आग्रह गरेको छ। साथै सीमा नाकामा एन्टिजेन टेस्ट र जिन सिक्वेन्सीङको काम पनि भइरहेको प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले बताए।

हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले क्रिसमस र अंग्रेजी नयाँ वर्षमा संक्रमणबाट बच्न आग्रह गर्दै मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दुरी कायम गर्न, साबुनपानीले हात धुन र स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न आग्रह गरेको छ।

पुष ९, २०७९ शनिबार १५:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।