नर्सिङ होममा आगलागी, २० जनाको मृत्यु

नर्सिङ होममा आगलागी, २० जनाको मृत्यु

एजेन्सी : रुसको एक निजी नर्सिङ होममा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ।

पश्चिमी साइबेरिया क्षेत्रको केमेरोभो शहरमा रहेको नर्सिङ होममा आगलागीमा अन्य छ जना घाइते भएका छन्।

तास समाचार एजेन्सीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।

हिटिङ् चुलो चलाउने क्रममा समस्या आउँदा आगलागी भएको समाचारमा उल्लेख छ।

शुक्रबार राति एक निजी नर्सिङ होम रहेको दुई तले काठको भवनमा आगलागी भएको थियो।

पुष ९, २०७९ शनिबार १४:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।