सानिमा बैंक र स्मल वर्ल्डबीच रेमिट्यान्स सम्झौता

सानिमा बैंक र स्मल वर्ल्डबीच रेमिट्यान्स सम्झौता

काठमाडौं : सानिमा बैंक लिमिटेड र स्मल वर्ल्ड फाइनान्सियल सर्भिसेजबीच युरोप-नेपाल रेमिट्यान्स सेवा सम्झौता भएर सञ्चालनम आएको छ।

सम्झौतापछि ग्राहले युरोपका विभिन्न देशहरूबाट नेपालमा सहजै सानिमा बैंकमा रेमिट्यान्स पठाउन सक्नेछ। युरोपबाट रेमिट्यान्स पठाउन स्मल वर्ल्डको आधिकारिक वेबसाइट वा एपको प्रयोग गर्नुपर्ने हुन्छ।

सम्झौताअन्तर्गत सानिमा बैंकको रेमिट्यान्स सेवामार्फत युरोपबाट पठाएको रकम नेपालभरि १६,००० भन्दा बढि आधिकारिक प्रतिनिधिमार्फत नगदमै भुक्तानी लिन सकिनेछ।

साथै, युरोपबाट नेपाल पैसा पठाउँदा नेपालमा भएको सानिमा बैंकको खाता लगायत कुनै पनि बैंकको खातामा २४सै घण्टा ३६५ दिन रकम जम्मा गर्न सकिनेछ।

सानिमा बंैकको रेमिट्यान्समार्फत यू.ए.ई, मलेशिया, कतार, यू.के, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलिया, अमेरिका लगायतविश्वभरिबाट रेमिट्यान्स सेवादिदै आइरहेको छ। साथै, बंैकले आन्तरिक रेमिट्यान्स सेवा पनि दिँदै आइरहेको छ।

सानिमा बैंकको सातै प्रदेशमा गरी जम्मा १३० कार्यालयहरू र १२३ एटिएम् सञ्जालहरू सञ्चालनमा छन्।

पुष ९, २०७९ शनिबार १४:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।