तिलोत्तमामा बिहानै मोटरसाइकल दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु
काठमाडौं: रुपन्देहीको तिलोत्तमा नगरपालिका- १५ पञ्चकन्यामा आज बिहानै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। एक जना भने घाइते भएका छन्।
मृत्यु हुनेमा मोटरसाइकल चालक भारतीय नागरिक ३० वर्षीय सन्दीपकुमार दुवे रहेका छन्। भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचारको क्रममा आज ६ बजे मृत्यु भएको हो।
घाइते भएका मोटरसाइकलमा पछाडि सवार रुपन्देहीकै बुटवल उपमहानगरपालिका- १३ बेलबासका ६२ वर्षीय तेजबहादुर रानाको सोही अस्पतालमा उपचार भइरहेको छ।
बुटवलबाट भैरहवातर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकल आज बिहान ५ बजे अनियन्त्रित भई रेलिङमा ठोकिएको थियो।
पुष ९, २०७९ शनिबार १३:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।