आज तोल ल्होसार, देवताको विजय र भूतप्रेतको हारको कामना गर्ने चलन

आज तोल ल्होसार, देवताको विजय र भूतप्रेतको हारको कामना गर्ने चलन

काठमाडौं: आज पौष शुक्ल प्रतिपदा। आजको दिन नेपालका हिमाली भू-भागका केही जिल्लाहरूमा 'तोल ल्होसार' मनाउने गरिन्छ।

तोल शब्दको अर्थ 'समयचक्र' हो भने ल्होसार 'लो' र 'सार'बाट मिलेर बनेको हो। जसको अर्थ नयाँ वर्ष हुन्छ।

ल्होसारमध्येकै सबैभन्दा पुरानो ल्होसार मानिने तोल ल्होसार विशेषगरी हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङ्ग र तिब्बत तथा भुटानमा मनाइन्छ। अन्य ल्होसारझैँ यो ल्होसार पनि नयाँ वर्षको स्वागतकै लागि मनाइन्छ।

यस पर्वमा देवताको विजय र भूतप्रेतको पराजयको कामना गर्ने चलन छ। घर-आँगन लिपपोत गरेर गहुँको पिठो आकाशतर्फ छर्किँदै ल्होसार मनाउने गरिन्छ।

यस्तै आफूभन्दा ठूला तथा मान्यजनबाट आर्शीवाद लिने तथा बाबरी रोटी, फुरौला, कन्दमुल आदि खाने पनि गरिन्छ।

पुष ९, २०७९ शनिबार ०९:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।