चार्ल्स शाेभराजले भने- ‘नेपाल सरकारसहित धेरैलाई मुद्दा हाल्छु’
काठमाडौं : कुख्यात सिरियल किलर चार्ल्स शोभराजले नेपाल सरकारसहित धेरैलाई मुद्दा हाल्ने बताएका छन्।
शुक्रबार जेलमुक्त भएर फ्रान्स डिपोर्ट भएसँगै उनले नेपाल सरकारसहित धेरैलाई मुद्दा हाल्ने बताएको समाचार एजेन्सी एएफपीले जनाएको छ।
शोभराजको भनाइ उद्धृत गर्दै एएफपीले लेखेको छ, ‘मलाई राम्रो लागेको छ। मैले धेरै गर्नुछ। मैले नेपाल सरकारसहित धेरैलाई मुद्दा चलाउनु छ।’
शोभराज करिब २० वर्षपछि शुक्रबार नेपालको केन्द्रीय कारागारबाट थुनामुक्त भएएर फ्रान्स पठाइएको छ।
नेपालमा क्यानेडियन र अमेरीकी नागरिकको हत्या आरोपमा उनी जेल परेका थिए।
७८ वर्षीय शोभराजलाई सर्वोच्च अदालतले बुधबार थुनामुक्त गरेर उनकै देश पठाउन आदेश जारी गरेको थियो।
#UPDATE French serial killer Charles Sobhraj told @AFP on Friday: "I feel great... I have a lot to do. I have to sue a lot of people. Including the state of Nepal." He has been released from jail in Nepal where he served almost 20 years for murder. pic.twitter.com/RKXcZIAFfe
— AFP News Agency (@AFP) December 23, 2022
पुष ८, २०७९ शुक्रबार २२:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।