जब बलात्कृत युवती आफैँ आरोपीलाई छुटाउन अदालतमा जमानी बसिन्

जब बलात्कृत युवती आफैँ आरोपीलाई छुटाउन अदालतमा जमानी बसिन्

एजेन्सी : बलात्कार मुद्दामा दुई वर्षको जेल सजाय तोकिएका युवकलाई छुटाउन भारतले दिल्ली उच्च अदालतमा बलात्कृत युवती आफैँ जमानी बसेकी छन्।

किशोरावस्थामा भएको प्रेमसम्बन्धका कारण २० वर्षीय युवकमाथि अपहरण र बलात्कारको मुद्दा चलाइएको घटनामा युवती आफैँ उनलाई छुटाउन अदालत पुगेको बीबीसीले जनाएको छ। युवतीकी आमाको अपीलमा केटाविरुद्ध मुद्दा दायर भएको थियो।

न्यायाधीश अनुप जयराम भम्बानीले भने, ‘प्राथमिक रूपमा यो सहमतिको सम्बन्ध हो र त्यसबेला केटा र केटीको उमेर क्रमशः १८ र १७ वर्ष थियो।’

केटाको तर्फबाट बहस गर्दै वकिलले भने, ‘यो किशोरावस्थाको प्रेमको मामला हो र केटीले निवेदकलाई आफ्नो पति मानेर उनीसँग बस्न इच्छुक छिन्।’

केटालाई अदालतको आदेशमा १०,००० रुपैयाँको व्यक्तिगत धरौटीमा जमानत दिइएको समाचार एजेन्सी पीटीआईले जनाएको छ। केटा बिहारको र स्थानीय तहमा उनको लागि जमानी बसिदिने कोही नभएपछि केटी आफैँ आएकी हुन्।

केटालाई धारा ३६३ (अपहरण), ३६६ (अपहरण गरेर जबरजस्ती विवाह), ३७६ (बलात्कार) र पोक्सो ऐन अन्तर्गत मुद्दा दायर गरिएको थियो। केटीले केटासँग आफ्नै इच्छाले बस्न र बिहे गर्न चाहेको स्वीकार गरेकी छन्।

पुष ८, २०७९ शुक्रबार १९:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।