फ्रान्सको राजधानीमा अन्धाधुन्द गोली चल्दा दुई जनाको मृत्यु, कयौं घाइते

फ्रान्सको राजधानीमा अन्धाधुन्द गोली चल्दा दुई जनाको मृत्यु, कयौं घाइते

एजेन्सी : फ्रान्सको राजधानी पेरिसमा एक बन्दुकधारीले खुलेआम गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन्।

गोलीबारीको यो घटना पेरिसको कुर्द सांस्कृतिक केन्द्र नजिक भएको हो। यो ठाउँ पेरिसको जिया द लेस्ट रेलवे स्टेशननजिकै हो।

घटनालगत्तै प्रहरीले संदिग्ध आक्रमणकारीलाई नियन्त्रणमा लिएको छ। अभियुक्तको उमेर ६९ वर्ष रहेको बताइएको छ।

प्रशासनले घटना भएको क्षेत्रमा नजान सर्वसाधारणलाई अपिल गरेको छ।

‘मानिसहरू यहाँ आतंकित छन्। हामीले आफूलाई घरमा थुनेका छौं,’ एक महिला पसलले एएफपी समाचार एजेन्सीलाई बताइन्।

उनले सात–आठ पटक गोली चलेको आवाज सुनेको बताए।

प्रहरीका अनुसार आक्रमणमा प्रयोग भएको हतियार संदिग्ध व्यक्तिबाट प्रहरीले बरामद गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हत्याको अनुसन्धान सुरु गरेको जनाएको छ।

तर, शंकास्पद व्यक्तिले के कारणले यस्तो गरेको हो भन्ने खुल्न सकेको छैन। सांस्कृतिक केन्द्र नजिकै यस क्षेत्रमा धेरै रेस्टुरेन्ट र पसलहरू छन्।

पुष ८, २०७९ शुक्रबार १९:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।