प्रतिस्पर्धीकै प्रस्तावमा पुनः संसदीय दलको नेता चुनिए शाही
सुर्खेत : कर्णाली प्रदेशको कांग्रेस संसदीय दलको नेतामा मुख्यमन्त्री जीवनबहादुर शाही पुनः चुनिएका छन्।
दलको नेतामा दाबी गरिरहेका राजविक्रम शाह पछि हटेर शाहीलाई प्रस्ताव गरेपछि उनी सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन भएका हुन्।
जानकी सिंह शाहीकी समर्थक बनेकी थिइन्।
शाही हुम्ला प्रदेशसभा (२) बाट निर्वाचित भएका थिए। उनी अहिले पनि कर्णाली प्रदेशको वहालवाला मुख्यमन्त्री पनि हुन्।
पुष ८, २०७९ शुक्रबार १८:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।