शनिबार १५ मंसिर, २०८१
साढे १९ किलो तरल सुनसहित विमानस्थलबाट सुडानी नागरिक पक्राउ
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले साढे १९ केजी सुन बरामद गरेको छ।
फ्लाई दुबईको उडानबाट आएका सुडानी नागरिकको साथबाट साढे १९ किलो तरल सुन बरामद गरिएको विमानस्थलका डीआईजी श्याम ज्ञवालीले उकेरालाई जानकारी दिए।
विमानस्थलको भन्सारमा नियमित जाँचकै क्रममा सुन फेला परेको उनले बताए।
प्रहरीले सुन लिएर आउने सुडानी नागरिकलाई पक्राउ गरि आवश्यक अनुसन्धान सुरू गरेको छ।
पुष ८, २०७९ शुक्रबार १८:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।