नेपाल टी-२० लिगको उद्घाटन खेलमा पाेखरा एभेन्जर्स र काठमाडाैं नाइट्स भिड्दै

नेपाल टी-२० लिगको उद्घाटन खेलमा पाेखरा एभेन्जर्स र काठमाडाैं नाइट्स भिड्दै

काठमाडाैं। नेपाली क्रिकेटको सर्वोच्च संस्था क्यानले पहिलोपटक आयोजना गर्न लागेको फ्रेन्चाइज लिग, नेपाल टी-२० लिग शनिबारदेखि सुरू हुदैछ। लिगकाे उद्घाटन खेलमा पाेखरा एभेन्जर्स र काठमाडाैं नाइट्स भिड्दै छन्।

खेल टीयू खेल मैदान कीर्तिपुरमा ९ः१५ बजे सुरू हुनेछ। पाेखराकाे टिममा अनुभवी खलाडी शरद भेष्वाकरसँगै आरिफ शेख,आसिफ शेख र कुशल मल्ल जस्ता राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी छन्।

उता, विदेशी खेलाडीकाे रूपमा रहेका पाकिस्तानका पूर्व स्टार खेलाडी माेहमद हफिज र श्रीलंकाका उपल थरंगाकाे साथले पाेखराकाे टिमलाई बलियाे बनाएकाे छ।

काठमाडाैंमा भने पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, कमल सिंह एरी, लाेकस बम, अभिनाश बाेहाेरा जस्ता नेपाली स्टार खेलाडी छन्। काठमाडाैंका स्टार विदेशी खेलाडीकाे रूपमा भने जिम्बाबेका रायन बर्ल रहेका छन्।

प्रतियोगितामा नेपालका ६ प्रमुख शहरका फ्रेन्चाइज टिमहरूले सहभागिता जनाउँदै छन्। ती टिमहरू, काठमाडौं नाइट्स, विराटनगर सुपर किंग्स, फार वेस्टर्न युनाइटेड, पोखरा एभेन्जर्स, लुम्बिनी अलस्टार्स र जनकपुर रोयल्स् रहेका छन्।

लिगको उपाधि विजेता टिमले ५५ लाख नगद पुरस्कार पाउने छन्। 

 

पुष ८, २०७९ शुक्रबार १८:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।