जेलमा छँदा चुरोटको खोलमा कविता लेख्थें, जेलरकै विषयमा कविता लेखेपछि कापी र कलम पाइयाेः केपी ओली

जेलमा छँदा चुरोटको खोलमा कविता लेख्थें, जेलरकै विषयमा कविता लेखेपछि कापी र कलम पाइयाेः केपी ओली

काठमाडाैं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेलमा बन्दी जीवन बिताउँदा चुरोटको खोलमा कविता लेखेकाे बताएका छन्।

पोखरामा जारी साहित्य महोत्सवमा शुक्रबार पत्रकार अखण्ड भण्डारीसँग सम्वाद गर्दै उनले भने, ‘जेलमा छँदा कागज भेट्टाउँदा पनि आफन्त भेटिए जस्ताे लाग्थ्यो।’ अर्कैले फ्याँकेको चुरोटको खोलमा कविता लेखेर जेलभित्रै सुनाउने गरेको ओलीले बताए।

‘अन्यायमा परेका जेलरकै विषयमा कविता लेखेपछि भने उनैले कापी र कलमको जोहो गरिदिए’, उनले थपे। विसं २०४१ सालतिर राजनीतिक बन्दीका रूपमा पोखरा जेलमा रहँदा ओलीले लेखेको कविता ‘खर्पन’ केही वर्षअघि चर्चामा आएको थियो।

ओलीले बन्दी अवस्थामै १६ खण्ड लेखिसकिएको महाकाव्य पछि जेलबाटै हराएकाे पनि बताए ।

 

पुष ८, २०७९ शुक्रबार १७:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।