शनिबारदेखि सुरू हुने नेपाल टी-२० लिगको उपाधि विजेता टिमले ५५ लाख पाउने

शनिबारदेखि सुरू हुने नेपाल टी-२० लिगको उपाधि विजेता टिमले ५५ लाख पाउने

काठमाडौं। शनिबारदेखि सुरू हुने नेपाल टी-२० लिगको उपाधि विजेता टिमले ५५ लाख नगद पुरस्कार पाउने भएको छ। नेपाल क्रिकेटकाे सर्वाेच्च संस्था क्यानले पहिलाे पटक याे फ्रेन्चाइज लिग आयाेजना गर्न लागेकाे हाे।

शुक्रबार एक कार्यक्रमबीच क्यान तथा नेपाल टी–२० लिगको कमर्सियल तथा स्ट्राटेजिक पार्टनर सेभेन थ्री स्पोर्टसले पुरस्कार रकम घोषणा गरेका हुन्। त्यसैगरि, उप विजेता टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्दा तेस्रो हुने टिमले १० लाख र चौथो हुनेले ५ लाख पाउने छन्।

प्रतियोगिताकाे सर्वाेत्कृष्ट खेलाडीले पनि पाँच लाख रुपैयाँ पाउने छन्। प्रतियोगिताकाे उत्कृष्ट ब्याटर र बलरलाई समान २ लाख ५० हजार नगद पुरस्कारकाे व्यवस्था गरिएकाे छ।

प्रतियोगितामा नेपालका ६ प्रमुख शहरका फ्रेन्चाइज टिमहरूले सहभागिता जनाउँदै छन्। ती टिमहरू, काठमाडौं नाइट्स, विराटनगर सुपर किंग्स, फार वेस्टर्न युनाइटेड, पोखरा एभेन्जर्स, लुम्बिनी अलस्टार्स र जनकपुर रोयल्स् रहेका छन्।

पुष ८, २०७९ शुक्रबार १७:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।