सिक्किममा सेनाको ट्रक दुर्घटना, १६ भारतीय सैनिकको मृत्यु

सिक्किममा सेनाको ट्रक दुर्घटना, १६ भारतीय सैनिकको मृत्यु
तस्बिर- एएनआई

एजेन्सी : सिक्किमको उत्तरी क्षेत्रमा भारतीय सेनाको ट्रक गहिरो खाडलमा खसेर १६ सैनिकको मृत्यु भएको छ।

भारतीय सेनाको पूर्वी कमाण्डले जारी गरेको विज्ञप्तिमा उक्त घटना उत्तर सिक्किमको जेमामा भएको बताइएको छ।

‘दुर्घटनामा परेको गाडी तीनवटा सवारी चट्टानबाट थाङ्गु जाँदै गरेको थियो। गाडी जेमा नजिकैको मोडमा गहिरो खाडलमा खसेको हो’, विज्ञप्तिमा भनिएको छ।

घटनास्थलमा उद्धार टोली पठाइएको छ। त्यहाँबाट चार जना घाइतेलाई हेलिकप्टरबाट उद्दार गरिएको छ। सेनाले यस दुर्घटनामा तीन जुनियर कमिशन्ड अफिसर र १३ सैनिकको मृत्यु भएको जनाएको छ।

रक्षामन्त्री राजनाथ सिंहले पनि दुर्घटनाप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।

पुष ८, २०७९ शुक्रबार १६:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।