विज्ञहरू भन्छन्- बेइजिङमा कोभिड संक्रमण बढ्नुमा जाडाे माैसम प्रमुख कारण

विज्ञहरू भन्छन्- बेइजिङमा कोभिड संक्रमण बढ्नुमा जाडाे माैसम प्रमुख कारण
तस्विरः बीबीसी

एजेन्सी। स्वास्थ्य विज्ञहरूले बेइजिङमा कोभिड–१९ को संक्रमणकाे दर बढ्दै जानुकाे कारण जाडाे माैसम रहेकाे बताएका छन्। हाल चीनमा काेरानाका बिरामीहरूको संख्यामा व्यापक वृद्धि भइरहेको छ।

उत्तर चीनमा जाडो याममा श्वासप्रश्वाससम्बन्धी संक्रामक रोगको प्रकोप बढी हुने गरेकाले स्वास्थ्य विज्ञहरूले बेइजिङमा संक्रमण बढेकाे बताएका छन्।

बेइजिङ चाओयाङ अस्पतालका उपाध्यक्ष तोङ झाओहुइका अनुसार अस्पतालमा पछिल्ला दिनमा दैनिक औसत तीन सय ५० देखि चार सय ज्वरोका बिरामी र पाँच सयको हाराहारीमा आपत्कालीन अवस्थाका बिरामी आउने गरेका छन्।

बेइजिङ अस्पतालका श्वासप्रश्वास तथा क्रिटिकल केयर मेडिसिन विभागका प्रमुख ली यानमिङका अनुसार ओमिक्रोन भेरियन्टको संक्रमणपछि केही पाका उमेरका बिरामीमा गम्भीर समस्या देखिएको थियो।

पुष ८, २०७९ शुक्रबार १६:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।