एचडी फाइल नै लिक भएपछि ‘सर्कस’का निर्मातालाई दोहोरो झट्का

एचडी फाइल नै  लिक भएपछि ‘सर्कस’का निर्मातालाई दोहोरो झट्का

एजेन्सी : बलिउड अभिनेता रणवीर सिंह अभिनिति फिल्म ‘सर्कस’का निर्मातालाई दोहोरो झट्का लागेको छ।

सामाजिक सञ्जालमा फिल्मबारे नराम्रो रिभ्यू आइरहेका फिल्मको एचडी फाइल नै पाइरेसीको सिकार भएको छ। फिल्म अनलाइन लीक भएको छ र एचडी प्रिन्टमा उपलब्ध भएको समाचारमा उल्लेख छ।

यसले निर्मातालाई दोहोरो घाटाको अवस्था सिर्जना गरेको छ। रणवीर सिंहको फिल्म तमिलरोकर्स, फिल्मजिल्ला, मूवीरुल्ज जस्ता पाइरेसी साइटहरूमा एचडी प्रिन्टमा उपलब्ध भएको हो।

अब यो चलचित्रले पहिलो दिन कति कमाई गर्छ र कति दिन हलमा बस्न सक्छ त्यो भने हेर्न बाँकी छ।

पुष ८, २०७९ शुक्रबार १६:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।