सीके राउत लगायतलाई मधेसी भाषामा शपथ ग्रहण गराएकाेमा मधेसी आयोगले माग्याे स्पष्टीकरण

सीके राउत लगायतलाई मधेसी भाषामा शपथ ग्रहण गराएकाेमा मधेसी आयोगले माग्याे स्पष्टीकरण

काठमाडाैं। जनमत पार्टीका अध्यक्ष डा. सी.के राउतसहित केही प्रतिनिधिसभा सदस्यहरुलाई मधेशी भाषामा शपथ लिन दिएकोमा मधेशी आयोगले संघीय संसदको सचिवालयलाई स्पष्टीकरण सोधेको छ। शुक्रबार यस विषयमा स्पष्टीकरणकाे माग गर्दै आयोगकी उपसचिव सविता डंगोलले संघीय संसदको सचिवालयलाई पत्र पठाएकी हुन्।

गत बुधबार सीके राउठसहित केही प्रतिनिधि सभाका सदस्यहरुले भाषा आयोग तथा मधेशी आयोगद्वारा सूचीकृत नरहेको ‘मधेशी भाषा’मा शपथ लिएको भन्दै स्पष्टीकरणकाे माग गरिएकाे हाे।

पत्रका अनुसार हालसम्म भाषा आयोगबाट प्रकाशित ‘मधेशी भाषा’ सूचीकृत नभएको देखिएकोले सो भाषामा प्रतिनिधि सभाका सदस्यहरुले औपचारिक कार्यक्रममा शपथ लिनु गम्भीरताको विषय रहेको साथै नेपालमा विद्यामान रहेका सूचीकृत अन्य भाषाहरुमाथि नकारात्मक प्रभाव परेको देखिने लखिएकाे छ।

पत्रमा आयोगलाई संघीय संसदको सचिवालयले कुन आधारमा मधेशी भाषामा शपथ लिन मान्यता दिएको भनी स्पष्ट हुने गरी जानकारी गराइदिन पनि अनुरोध गरिएको छ।

 

पुष ८, २०७९ शुक्रबार १५:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।