नेपाल फर्कन नपाउने गरी आज ६ बजे चार्ल्सलाई डिपोर्ट गरिने
काठमाडौं : केही दिन नेपालमा बस्न चाहेका चार्ल्स शोभराजलाई आज शुक्रबारै फ्रान्स डिपोर्ट गरिने भएको छ।
उनी सन् २००३ मा नेपाल आउँदा प्रयोग गरेको पासपोर्ट उनकै भएको पुष्टि भएसँगै उनलाई १० वर्ष नेपाल फर्कन नपाउने गरी आजै कतार एयरको फ्लाइटबाट डिपोर्ट गर्न लागेको अध्यागमन विभाग स्रोतले भन्यो।
अध्यागमन स्रोतका अनुसार आज बेलुका ६ बजेको कतार एयरबाट उनलाई फ्रान्स डिपोर्ट गरिँदैछ। यसका लागि सिमल ट्राभल्सबाट उनको टिकट समेत बनिसकेको छ।
बुधबार सर्वोच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएपछि शुक्रबार १२ बजे केन्द्रीय कारागारले उनका सहयोगीमार्फत अध्यागमन विभागलाई चार्ल्स हस्तान्तरण गरेको थियो।
लगत्तै अध्यागमनले उनलाई विभागको कार्यालय लगेर आवश्यक प्रक्रिया सुरू गरेको थियो। उनको श्रीमती र सासू दाबी गर्ने निहीता विश्वास र शकुन्तला थापाले भने चार्ल्सलाई भेट्न पाएका छैनन्।
पुष ८, २०७९ शुक्रबार १५:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।