शोभराजले धेरै अगाडि सफाइ पाउनुपर्ने हाे, प्रशासनले अड्काइरहेकाले लामाे समय कुर्नुपर्याेः निहिता विश्वास
काठमाडाैं। कानुनविद् निहिता विश्वासले प्रशासनले अड्काइरहेकाले चार्ल्स शोभराजले कारागारबाट मुक्त हुन यति लामाे समय कुर्नुपरेकाे बताएकी छन्। शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै विश्वासले शोभराजले धेरै अघि नै सफाइ पाउनुपर्नेमा ढिला भएको बताइन्।
‘तीन चारवटा अदालतकाे निर्णय आइसकेकाे थियाे, तर हरेकपल्ट प्रशासनले केही कुरा, केही करा भनेर अड्काइरहेकाे थियाे। त्यसैले अदालतले अब एकदम भयाे भनेर बुधबार बलियाे निर्णय गरेकाे हाे’, विश्वासले भनिन्, ‘त्यसैले याे पटक रिहा मात्र नभनेर १५ दिनभित्र घर फर्ता गर्न अदालतले आदेश दिएकाे हाे।’
‘वास्तावमा हिजाे एकदिन बढी कारागारमा राख्नुपनि गैरकानूनी हाे।’ उनले थपिन्।
सर्वोच्च अदालतले बुधबार उनलाई थुनामुक्त गर्न १५ दिनभित्र स्वदेश फर्काउन आदेश दिएको थियो। उक्त आदेशअनुसार उनलाई आज कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाइएको छ।
पुष ८, २०७९ शुक्रबार १३:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।