उपकरण बिग्रिएर बन्द भएकाे हेटौंडा सिमेन्ट उद्योग पुन: सुचारु

उपकरण बिग्रिएर बन्द भएकाे हेटौंडा सिमेन्ट उद्योग पुन: सुचारु

मकवानपुर।  सरकारी स्वामित्वकाे हेटौंडा सिमेन्ट उद्योगले आज (शुक्रबार) देखि पुन: सिमेन्टकाे उत्पादन सुरु गरेकाे छ। उद्योगले करिब एक महिनाअघिदेखि बन्द रहेको सिमेन्ट उत्पादन गर्ने क्रममा आगो बाल्ने भट्टीमा प्रयोग हुने प्रि फिल्टर फ्यान, विद्युतीय मोटरलगायत केही उपकरण बिग्रिएर उत्पादन बन्द गरेकाे थियाे।

विद्युतीय उपकरणको पाटपुर्जा बाहिरबाट खरिद गरेर ल्याई जडान गरिएको र सो उद्योगमा रहेको केही उपकरणको पनि मर्मत पूरा गरी सिमेन्ट उत्पादनलाई बिहीबारदेखि सञ्चालनमा ल्याइएको हेटौंडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए।

नेपाल सरकारद्वारा २०३२ सालमा स्थापना गरिएको हेटौंडा सिमेन्ट उद्योगले २०४३ मंसिरदेखि व्यावसायिक रुपमा उत्पादन सुरु गर्दैआएको थियो। सो उद्योगमा अहिले दैनिक १२ हजारदेखि १६ हजार बोरासम्म सिमेन्ट उत्पादन गर्ने गरिएको छ ।

पुष ८, २०७९ शुक्रबार ११:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।