'मल्लिका-ए-तरन्नुम' नूरजहाँ: पाकिस्तानी तानाशाह र क्रिकेटरसँग अफेयर, रुवाइमा पनि थियो धुन

'मल्लिका-ए-तरन्नुम' नूरजहाँ: पाकिस्तानी तानाशाह र क्रिकेटरसँग अफेयर, रुवाइमा पनि थियो धुन

एजेन्सी: अक्सर भारतीय गायिका लता मङ्गेशकरसँग तुलना हुने र गायन क्षेत्रमा उत्तिकै उँचाइ प्राप्त गरेकी गायिका हुन्- नूरजहाँ। उनलाई 'मल्लिका-ए-तरन्नुम' पनि भनिन्छ।

उनै नूरजहाँको आज २२औँ पुण्यतिथि हो। भारतै जन्मिएकी र भारतमै हुर्किएकी हुन् नूरजहाँ।

भनिन्छ, उनको आवाजमा जोसुकैलाई मोहित पार्ने कला थियो। ६ वर्षको उमेरबाटै गीत गाउन थालेकी नूरजहाँ भारतीय सिनेमाको सुरुआती समयको स्टार पनि थिइन्। पञ्जाबी सिनेमालाई स्थापित गर्न उनको ठूलो योगदान थियो।

तर, सन् १९४७ मा भारत र पाकिस्तान छुट्टिँदा उनी पाकिस्तानतिर गइन्। पाकिस्तान पुगेपछि उनको गायकीले एउटा धार समात्यो। उनको गायकी र सुन्दरताको प्रशंसक दुनियाँभर हुन थाले।

रोमान्टिक गीत र गजलहरूले उनको जिन्दगी सुसज्जित थियो। भनिन्छ रूप राम्रो नभएका पुरुष उनको अगाडि बस्न पनि बर्जित थियो।उनलाई सधैँ रूपवान्‌हरूको अघिपछि बस्न मन लाग्थ्यो।

नूरजहाँको बारेमा सत्य मान्न कठिन हुने र हल्ला भनिहाल्न पनि नसकिने एउटा के भनाइ छ भने- उनको रुवाइमा पनि धुन थियो। उनी जन्मिनासाथ रुएको बेला उनको फूपूले त्यो सुनेर भनेकी थिइन्- 'यो बच्चीको त रुवाइमा पनि धुन छ।'

उनले आफ्नो जीवनकालमा दुई विवाह गरिन्। तीबाट ६ सन्तान भए। दुवै श्रीमान्‌सँग सम्बन्धविच्छेदपछि उनले एक्लै ६ सन्तान हुर्काइन्।

यसबीच उनको दुई अफेयरको पनि हल्ला चल्यो। एक त पाकिस्तानी क्रिकेटरसँग। ती क्रिकेटरको करियर यही अफेयरकै कारण नासिएको बताइन्छ।

र त्यसबेला पाकिस्तानी तानाशाहसँग पनि उनको नाम जोडिएको बताइन्छ। उनको प्रशंसक कतिसम्म थिए भने उनको देहान्त भएपछि जनाजे (अन्तिम संस्कार)को बेला करिब चार लाख मानिस सहभागी भएका थिए।

रुवाइमा पनि धुन

नूरजहाँको बारेमा सत्य मान्न कठिन हुने र हल्ला भनिहाल्न पनि नसकिने एउटा के भनाइ छ भने- उनको रुवाइमा पनि धुन थियो। उनी जन्मिनासाथ रुएको बेला उनको फूपूले त्यो सुनेर भनेकी थिइन्- 'यो बच्चीको त रुवाइमा पनि धुन छ।'

उस्ताद गुलाम मोहम्मदबाट संगीतको शिक्षा लिएकी नूरजहाँले आफ्नी बहिनीको साथमा पाकिस्तानको लाहोरमा गाउँथिन्। अधिकांश लाइभ प्रस्तुति दिने उनले फिल्मको स्क्रिनिङको बेला पनि गाउँथिन्।

एकपटक नूरजहाँका श्रीमान् दुर्रानीले नजर र नूरजहाँलाई सँगै कोठामा देखेका थिए। त्यसपछि आत्तिएर नजर कोठाको झ्यालबाट हाम्फाले। जसका कारण उनको हात भाँचियो। जसका कारण हुँदाखाँदाको करियर नास भएको थियो।

उनले १९४७ अघि थुप्रै हिन्दी फिल्ममा काम गरेकी थिइन्। तर पार्टिशनपछि उनी मुम्बई छोडेर कराँची बस्न थालिन्। त्यहाँ पुगेर उनले सन् १९५१ मा फिल्म 'चन वे'मा काम गरिन्। यो उनको करियरको पहिलो पाकिस्तानी फिल्म थियो। त्यसबेला यो सर्वाधिक कमाउने पाकिस्तानी फिल्म थियो।

फिल्ममा उनी हिरोइन र गायिकाको भूमिकामा थिइन्। तर त्यो भन्दा महत्त्वपूर्ण उनी फिल्ममा शौकत हुसैन रिजवीसँगै मिलेर निर्देशन पनि गरेकी थिइन्। जसले उनलाई पहिलो पाकिस्तानी महिला निर्देशकको उपाधि दियो।

शौकत उनका पहिलो श्रीमान् समेत थिए। शौकतसँग सम्बन्धविच्छेद भएपछि उनले दोस्रो विवाह एजाज दुर्रानीसँग गरिन्। तर विवाहपछि दुर्रानीले फिल्ममा काम नगर्न दबाब दिएपछि त्यो विवाह पनि टुट्यो।

क्रिकेटरको करियर सकियो

भनिन्छ, पाकिस्तानी टेस्ट क्रिकेटर नजर मोहम्मदको करियर नूरजहाँसँगको अफेयरकै कारण नासिएको थियो। एकपटक नूरजहाँका श्रीमान् दुर्रानीले नजर र नूरजहाँलाई सँगै कोठामा देखेका थिए। त्यसपछि आत्तिएर नजर कोठाको झ्यालबाट हाम्फाले। जसका कारण उनको हात भाँचियो। जसका कारण हुँदाखाँदाको करियर नास भएको थियो।

तानाशाहसँग स्वीकार नगरिएको अफेयर

नूरजहाँको अफेयर पाकिस्तानका तेस्रा राष्ट्रपति तथा तत्कालीन आर्मी जनरल याह्या खानसँग पनि थियो। तानाशाह राष्ट्रपतिका रूपमा बढी कुख्यात थिए उनी। तर दुवैले यो सम्बन्ध कहिल्यै स्वीकार गरेनन्।

लता पनि नूरजहाँको ठूलो प्रशंसक थिइन्। र, आफ्नो आइडल मान्थिन्। लताले त केसम्म भनेकी छिन् भने, 'मोहम्मद रफी र किशोर कुमार त दुई जना भए, नूरजहाँ जस्तो अर्को कोही हुनसक्दैनन्।'

नूरजहाँबाट गराइन्थ्यो लता मङ्गेशकरको गीतको कम्पोजिशन

भारतीय सञ्चारमाध्यमहरू नै के कुरा स्वीकार्छन् भने, लता मङ्गेशकरकै गीतको कम्पोजिशन पनि पहिला-पहिला नूरजहाँबाट गराइन्थ्यो। र केसम्म भनिन्छ भने, यदि नूरजहाँ पाकिस्तान नगई भारतमै संगीतकर्ममा लागेकी हुन्थिन् भने लताले यो उँचाइ कहिल्यै प्राप्त गर्न सक्दिन थिइन्।

तर स्वयं नूरजहाँले भने १४ वर्षकी लतालाई देखेर उनी महान् गायिका बन्ने भविष्यवाणि गरेकी थिइन्।

लता पनि नूरजहाँको ठूलो प्रशंसक थिइन्। र, आफ्नो आइडल मान्थिन्। लताले त केसम्म भनेकी छिन् भने, 'मोहम्मद रफी र किशोर कुमार त दुई जना भए, नूरजहाँ जस्तो अर्को कोही हुनसक्दैनन्।'

पार्टिशनपछि यी दुवैको भेट एकपटक भारत-पाकिस्तान सिमानामा भएको थियो। दुवै एकअर्कालाई देखेर खुब रोएका थिए।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करबाट साभार

पुष ८, २०७९ शुक्रबार ११:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।