सांसद महेन्द्र राय यादवले आज शपथ लिने
काठमाडौं: नवनिर्वाचित सांसद महेन्द्र राय यादवले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। प्रतिनिधि सभा सदस्य यादवले उमेरसम्बन्धी प्राविधिक कारणबाट हिजो शपथ लिन पाएका थिएनन्।
उनलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य राप्रपाका सांसद पशुपतिशमशेर जबराले बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा शपथ गराउने छन्। संघीय संसद् सचिवालयले आज उनको शपथ गराउने तयारी गरेको हो।
प्रतिनिधि सभाका नवनिर्वाचित अन्य २७० सांसदहरूले भने हिजै पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।
हिजो शपथ लिन नपाउनेमा यादवसँगै प्रेमबहादुर आले, माया राई र रामकुमार राई रहेका थिए। जसमध्ये आले मातृशोकमा छन्। माया राई सुत्केरी भएको र रामकुमार राई हवाइजहाज छुटेकाले उपस्थित हुन नसकेको संसद सचिवालयले जनाएको छ।
पुष ८, २०७९ शुक्रबार १०:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।