बाध्यात्मक अवस्थामा बाहेक जसपा सरकारमा सहभागी नहुने

बाध्यात्मक अवस्थामा बाहेक जसपा सरकारमा सहभागी नहुने

काठमाडौं: जनता समाजवादी पार्टी, नेपालले सरकारमा सहभागी हुने वा नहुने विषय आफ्नो प्राथमिकतामा नरहेको बताएको छ। पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले एक सूचना जारी गर्दै यस्तो बताएका हुन्।

जनादेशअनुसारको भूमिकामा रहेर आफूहरू अगाडि बढ्ने उनले स्पष्ट पारेका छन्। यद्यपि बाध्यात्मक वा परिस्थितिजन्य अवस्थामा भने सरकारमा सहभागी हुनसक्ने पनि सङ्केत गरिएको छ।

'सरकारमा जानुपर्ने बाध्यात्मक वा परिस्थितिजन्य अवस्थामा बाहेक कुनै पनि राजनीतिक समीकरण बनाउने वा भत्काउने खेलमा जसपा लाग्दैन', सूचना भनिएको छ।

पुष ८, २०७९ शुक्रबार ०८:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।