तेस्रोपटक सर्‍यो नेपाल टी–ट्वान्टी

तेस्रोपटक सर्‍यो नेपाल टी–ट्वान्टी

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले पहिलोपटक आयोजना गर्न लागेको नेपाल टी–२० लिग तेस्रोपटक सरेको छ।

यसअघि शुक्रबारदेखि हुने भनिएको प्रतियोगिता प्राविधिक कारण देखाउँदै शनिबारदेखि हुने भएको क्यानले जनाएको छ।

यसअघि असोज ८ र मंसिर २६ गतेको मिति सारेर पुस ८ गतेदेखि सञ्चालन गर्ने भनिएको थियो।

तर, विदेशी खेलाडीको श्रम स्वीकृतिलगायत केहि व्यवस्थापकीय काम नसकिएका कारण एक दिन सार्नुपरेको अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।

भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसले सञ्चालन अधिकार पाएको यो प्रतियोगिता सुरुदेखि नै विवादमा छ।

प्रतियोगितामा ६ वटा शहरका नामबाट निर्माण गरिएको फ्रेन्चाइज टिमबीच प्रतिस्पर्धा हुनेछ।

क्यानले नेपाल टी–२० लिगको प्रतियोगिता निर्देशकमा संघका महाप्रवन्धक वृतान्त खनाललाई नियुक्त गरेको छ।

पुष ७, २०७९ बिहीबार २१:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।