माओवादीकाे संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत रुपमा चुनिए

माओवादीकाे संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत रुपमा चुनिए

काठमाडाैं। नेकपा (माओवादी केन्द्र) ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई सर्वसम्मत रुपमा चयन गरेकाे छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको थियाे।

यसपछि सिंहदरबारस्थित दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले अध्यक्ष दाहाललाई सर्वसम्मत रुपमा चयन गर्ने निर्णय गरेको हो।

त्यस्नै माओवादीकाे प्रतिनिधिसभाको प्रमुख सचेतकमा हितराज पाण्डे र राष्ट्रियसभामा दलको नेता नारायणकाजी श्रेष्ठ पनि निर्विराेध छानिएका छन्।

वर्षमान पुन र जनार्दन शर्माकाे दाबी रहेकाे उपनेताकाे विषयमा भने पछि निर्णय गर्ने पार्टीले जनाएकाे छ। केही दिनअघि बसेको माओवादी पदाधिकारी बैठकले नवनिर्वाचित सांसदको शपथ ग्रहणपछि दलको नेता चयन गर्ने निर्णय गरेको थियो । 

पुष ७, २०७९ बिहीबार १८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।