धमाधम कालोपत्रे हुँदै धोबिखोला करिडोर
काठमाडौं : धोबिखोला करिडोरको अधुरो काम धमाधम सुरु भएको छ।
करिडोरमा अवरोध हटाउन र अधुरा काम तत्काल अगाडि शहरी विकासमन्त्री मेटमणि चौधरीले निर्देशन दिएपछि बाँकी काम अघि बढाइएको उपत्यका विकास प्राधिकरणका आयुक्त जानुका ढकालले जानकारी दिइन्।
नदी अतिक्रमण गरि बनाएका संरचना भत्काउन, जनता हिँड्ने फुटपाथमा अवरोध नगर्न र कालोपत्रे थप्नुपर्ने ठाउँमा तत्काल काम अगाडि बढाउन मन्त्री चौधरीले उपत्यका विकास प्रधिकारण र मातहतका निकायलाई अनुगमणका क्रममा निर्देशन दिएका थिए।
‘बुद्धनगरको आर्क ब्रिजदेखि धोबिखोला करिडोरमा बाँकी रहेको काम पूरा हुँदैछ। जसअन्तर्गत १.५ किमी बाटोमा ओभरलेयिङ् र केही मर्मतका काम हुँदैछ,’ उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालयका जिल्ला आयुक्त जगदिश लामिछानेले बताए, ‘रोड मार्क पेन्टिङ, रेलिङ्मा कलर लगाउनेदेखि नदी किनारमा रहेका विरुवाको संरक्षणसम्मका काम भइरहेका छन्।’
गत वर्ष बाँकी रहेको काम अब अन्तिम चरणमा रहेको समेत जिल्ला आयुक्त लामिछानेले जानकारी दिए।
पुष ७, २०७९ बिहीबार १७:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।