सिद्धार्थ बैंक ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट सम्मानित

सिद्धार्थ बैंक ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट सम्मानित

काठमाडौं : सिद्घार्थ बैंक साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्ट्सद्वारा प्रदान गरिएको ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट सम्मानित भएको छ।

साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्ट्सले दक्षिण एसियाली देशहरूबाट प्रस्तुत गरिएका वार्षिक प्रतिवेदनहरूलाई मूल्याङकन गरी निजी बैंकिङ्ग क्षेत्रको विधामा उक्त अवार्ड बैंकलाई प्रदान गरेको हो।

काठमाडौंमा भएको एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले अवार्ड ग्रहण गरे।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट ‘उत्कृष्ट वार्षिक प्रतिवेदन २०२१’ अवार्ड प्राप्त गरेपछि बैंक उक्त अवार्डको प्रतिस्पर्धामा पर्न सफल भएको थियो।

पुष ७, २०७९ बिहीबार १६:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।