सेरेब्रल पल्सी सेन्टरका ५० बालबालिकालाई लक्ष्मी ग्रुपद्वारा स्टेशनरी सामग्री वितरण

सेरेब्रल पल्सी सेन्टरका ५० बालबालिकालाई लक्ष्मी ग्रुपद्वारा स्टेशनरी सामग्री वितरण

काठमाडौं : हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरकाे धापाखेलस्थित सेरेब्रल पल्सी सेन्टरमा ५० भन्दा बढि बालबालिकालाई स्टेशनरी र अन्य सामग्री वितरण गरेको छ।

हुन्डाई नेपालले हुन्डाई मोटरको ‘मोबिलिटी’सग सबैलाई जोड्ने उदेश्यप्रति ऐकबद्धता जनाउँदै लामो समयदेखि सेरेब्रल पल्सी नेपाललाई सहयोग गर्दै आएको छ। ‘मोबिलिटी’ सबैको आधारभूत आवश्यकता भन्ने मान्यतासहित कम्पनीले मस्तिस्कघात भएका व्यक्तिहरूलाई गतिशीलतामा सहज पहुँच सनिुनिश्चित गर्ने उद्देश्यले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरू गर्दै आएको छ।

साथै सेरेब्रल पल्सी सहायता समूहको आग्रहमा केन्द्रमा आश्रित बालबालिका तथा अन्यलाई दीर्घकालीन रूपमा सशक्तिकरण गर्ने उद्देश्यले लक्ष्मी इन्टरकन्टिनेन्टलले सेरेब्रल पल्सी नेपालसँग आवद्ध व्यक्तिहरूलाई फर्निचर र अन्य सामग्रीहरू बनाउनसक्ने बहुउद्देश्यीय कार्यशाला निर्माण गर्ने सम्झौता पनि गरेको छ।

पुष ७, २०७९ बिहीबार १६:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।