एक्सप्रेस सुपरमार्केटमा स्मार्ट क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशत अतरिक्त छुट
काठमाडौं : विद्युतीय कारोबारमार्फत एक्सप्रेस सुपरमार्केटबाट सामान खरिदमा १० प्रतिशत अतिरिक्त छुट पाइने भएको छ।
ग्राहकले कुनै पनि सामान खरिदमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत र अधिकतम ३ सय रूपैयाँसम्म अतिरिक्त छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
यो योजना २०७९ पुस २० गतेसम्म रहनेछ भने यस अवधिमा हरेक ग्राहकले ९ सय रूपैयाँसम्म छुट लिन सक्नेछन्।
यस अफरअन्तर्गत एक्सप्रेस सुपरमार्केटको सम्पूर्ण शाखामा आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एनआईसी एशिया मोबाइल बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, तथा विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सकिनेछ।
पुष ७, २०७९ बिहीबार १६:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।