पाथीभरा क्षेत्रमा ड्रोन उडाउन नपाइने, उडाउनै परे अनुमति लिनुपर्ने

पाथीभरा क्षेत्रमा ड्रोन उडाउन नपाइने, उडाउनै परे अनुमति लिनुपर्ने
तस्विरः ल्याण्ड नेपाल

काठमाडाैं। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै ताप्लेजुङमा रहेकाे प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा ड्रोन क्यामरा उडाउन बन्देज गरिएको छ। पाथीभरा क्षेत्र विकास समितिले बिनाअनुमति पाथीभरा क्षेत्रमा ड्रोन क्यामराबाट तस्बिर तथा दृश्य सामग्री उत्पादन गर्न बन्देज लगाइएको हो।

धार्मिक तथा सांस्कृति सम्पदा, सुरक्षा संवेदनशील स्थान र हवाई मार्गसँगै व्यक्तिगत गोपनीयतामा असर पर्ने भएकाले अनुमतिबिना पाथीभरा क्षेत्रमा ड्रोन क्यामरा उडाउन नपाउने सार्वजनिक सूचना समितिले निकालेकाे छ।

त्यसैगरि, अनुमति लिने व्यक्ति वा संस्थाले ड्रोनको विवरण, उद्देश्य र उडान समयको विवरण अनिवार्य सम्बन्धित सबै निकायमा पेस गर्नैपर्ने प्रावधान समितिले बनाएकाे छ। 

ड्रोन उडाउने अनुमतिका लागि गृह मन्त्रालय, सञ्चार मन्त्रालय र नागरिक उड्ययन प्राधिकरणबाट स्वीकृतिपत्र तथा व्यावसायिक प्रयोजनका लागि सम्बन्धित मन्त्रालयले ड्रोन उडानको सिफारिस गरेको पत्रसाथ व्यक्ति वा संस्थाले लिखित निवेदन दिनुपर्ने हुन्छ।

पुष ७, २०७९ बिहीबार १४:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।